रुँदै बाहिरिए राेनाल्डाे



काठमाडौं : यस सिजनको च्याम्पियन्स लिगकाे बुधबार राति समूह एचअन्तर्गतको पहिलो खेल क्रिष्टियानो रोनाल्डो र उनकाे क्लब युभेन्टस अनि उनका फ्यानका लागि निकै दुखपूर्ण रह्याे ।

 

स्पेनिस क्लब भ्यालेन्सियाको मैदानमा चलिरहेकाे खेलमा रोनाल्डोसहितको युभेन्टस टिम खेलको २९औं मिनेटमा स्तब्द बन्न पुग्यो। रोनाल्डोले खेलको २९ औँ मिनेटमा सीधै रातो कार्ड पाए र मैदान छोड्न बाध्य भए । 

 

रोनाल्डोले च्याम्पियन्स लिगमा कुल १५४ खेल खेलेका छन् र यो पहिलो पटक हो उनी रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको । 

 

बुधबारको रात रोनाल्डोका लागि खेल जीवनकै खराब मध्ये एक बनेर आयो । उनले आँसु रोक्न सकेनन् । 

 

रोनाल्डोले खेलमा पहिलो हाफको मध्य तिर भ्यालेन्सियाका डिफेन्डर जिएसन मुरिलोको कपाल तानेको देखियो । बल नियन्त्रणमा लिने क्रममा थिए दुवै खेलाडी । त्यहि क्रममा भ्यालेन्सियाका डिफेन्डर मुरिलो लडे ।

रोनाल्डोले उनलाई सजिलो गराउन टाउकोमा मुसारेका थिए । तर मुरिलोलाई त्यो मन परेन छ, उनी उठेर जंगिए । रोनाल्डो हात उठाउँदै पर भए । तर रेफ्रीलाई के लाग्यो, आफ्ना सहायकसँग सल्लाह गरेर रोनाल्डोलाई सीधै रेड कार्ड देखाए ।

प्रतिक्रिया दिनुहोस्