कैलालीमा कोरोना संक्रमित महिलाको मृत्यु



कैलाली : कैलालीमा बिहीबार बिहान थप एक जना कोरोना संक्रमित महिलाका मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–२ कि ५७ वर्षीया महिलाको उपचारको क्रममा बिहीबार बिहान ५ः३० बजे मृत्यु भएको हो ।

कात्तिक १० गते कडा खालको निमोनिया भएपछि अस्पताल आएकी महिलामा १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । १२ गते उनलाई अस्थायी कोरोना अस्पतालमा सारिएको थियो ।

सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्