२९ लाख नगदसहित १० जना जुवाडे पक्राउ



बाँके : बाँके प्रहरीले बुधवार राती १० जना जुवाडेलाई पक्राउ गरेको छ । बसपार्कस्थित कृष्णप्रसाद वलीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १० जुवाडेलाई पक्राउ गरेको जानकारी दिएको हो ।

नेपालगञ्ज उप–महानगरपालिका–४ बसपार्कमा रहेको वलीको घरमा जुवा तास खेलिरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली खानतलासी गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–४ बस्ने सन्तोष थापा, मेघनाथ कुचबन्दिया, नवीन घिमिरे, टोप बहादुर शाही, पब्लु भण्डारी, तरुण गौतम, रविन राणा, सन्तोष वली, कृष्ण बहादुर सुवेदी र रहमान मिया रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले २९ लाख ४८ हजार समेत बरामद गरेको छ । उनीहरू विरुद्ध जुवा ऐन अनुसार म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्