तातोपानी नाका आजदेखि खुला



सिन्धुपाल्चोक : असोज तेस्रो सातादेखि बन्द सिन्धुपाल्चोकस्थित तातोपानी नाका आज (बिहीबार) देखि खुलेको छ ।

तातोपानी नाका खुलेसँगै चीनबाट सामान बोकेका कन्टेनर नेपाल आएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नाका सुचारू भएको र नाकामा कन्टेनरबाट सामान आउन थालेको जानकारी दिएका छन् ।

नेपालमा कोरोना भाइरस संक्रमण कायमै रहेको भन्दै चिनियाँ पक्षले नाका सञ्चालन गर्न मानेको थिएन । तर, स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्ने, सामाग्री अनलोड गर्ने कामदारको पीसीआर परीक्षण रिपोर्ट बुझाउनेजस्ता समझदारीपछि नाका खुलेको हो ।

तातोपानीस्थित भन्सार कार्यालयले चीनबाट ल्याइएका सामान नेपालतर्फ अनलोड गरेको केही दिनपछि मात्रै त्यहाँबाट लोड गरेर काठमाडौं पठाउने गरी व्यवस्था मिलाइएको जनाएको छ ।

गत असोजमा चिनियाँ राजदूतावासले रसुवा र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो ।

प्रकाशित : कात्तिक १३, ध्२०७७

प्रतिक्रिया दिनुहोस्