विमलले माल्दिभ्सको लिग खेल्ने



काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्तिमगरले माल्दिभ्सको शीर्ष डिभिजनको लिग ‘धिवेही प्रिमियर लिग’ खेल्ने भएका छन्। राष्ट्रिय टोलीका नियमित स्ट्राइकर विमललाई एक सिजनका लागि टिसी स्पोर्टसले क्लबमा अनुबन्ध गरेको हो।

नेपाली राष्ट्रिय टोली तथा टिसीका पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङले विमललाई क्लबले एसियन कोटामा अनुबन्ध गरेको जानकारी गराए।

किरणले गत सिजन टिसीबाट उकृष्ट प्रदर्शन गरेका थिए। टिसी साबिकको विजेता टोली समेत हो। विमलले केहि महिनाअघि युरोपका टोलीहरूमा ट्रायल र प्रशिक्षण दिएपनि सफल नहुँदा माल्दिभ्सबाट उनलाई प्रस्ताव आएको थियो।

गत सिजन विमलले भारतको मोहन बगानबाट खेलेका थिए। विमलले नेपालको ‘ए’ डिभिजन लिग भने च्यासल युथबाट खेलेका थिए।

प्रतिक्रिया दिनुहोस्