सरकारी कार्यालय खुले, कर्मचारी छैनन्



काठमाडौं– बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ ।

यो वर्षको दशैं विदा मंगलबारबाट सकिएको छ । बुधबारबाट सबै सरकारी कार्यालय खुलि काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरु खाली देखिएका छन् । मुख्यगरी मुलुकको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबाका मन्त्रालयहरु पनि सुनसान देखिएका छन् ।

यसका साथै सिंहदरबार वरिपरि रहेका विभिन्न मन्त्रालयका विभागहरु पनि खालि देखिएका छन् । कोरोना जोखिमकाबीच आफ्नो घर जन्मस्थान गएका कर्मचारी काठमाडौं फर्केसँगै जोखिम झनै बढेको छ ।

दशैं मनाएर फर्किएका कर्मचारी केही दिन क्वारेन्टाइनमा बसेर कार्यालय आउने वा सिधै कार्यालयमा आउने भन्ने बारे सरकारको स्पष्ट नीति निर्देशन नहुँदा पनि कर्मचारीहरु कार्यालय आउन अन्योल भएको देखिन्छ । यो वर्ष दशैं मनाउन काठमाडौं उपत्यकाबाट करिब ६ लाख मानिसहरु बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका

छोराछोरीको अध्ययनका लागि जोहो गरेको नगदसहित सम्पूर्ण सामान आगलागीमा जलेर खरानी भएपछि सप्तरीको राजगढ गाउँपालिका–४

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ३ सय ४३ जनामा कोरोना संक्रमित थपिएका छन्

काठमाडौं : चीनले चन्द्रमामा पठाएको चाङ ई-५ले चन्द्रमाको सतहको पहिलो रंगीन तस्वीर पठाएको छ ।

काठमाडौं : काठमाडौंको बौद्धमा आमा र एक महिने छोरी मृत फेला परेका छन् भने एक

काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ करोड ४८ लाख ४५ हजार पुगेको

काठमाडौं : कोरोना महामारीका कारण करिब ९ महिनादेखि बन्द सिनेमा हल अझै नखुल्ने भएको छ

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९० कोरोना संक्रमित थपिएका छन् भने

अनुप सोनी/काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेसनलले मंसिर ९ गते भ्रष्टाचारसम्बन्धी ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’ प्रतिवेदन सार्वजनिक

काठमाडौं : मंगलबार सकिएको कक्षा १२ को नतिजा पुस महिनाभित्र सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमको बन्द प्रशिक्षणका लागि ५८ खेलाडीको

काठमाडौं : गृह मन्त्रालयले अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई एसपी र एक इन्स्पेक्टरलाई निलम्बन