शुक्रबार प्रदेश २ मा सार्वजनिक बिदा



जनकपुरधाम : प्रदेश २ सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म दिनको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

यो बिदा प्रदेश सरकारले पहिला नै तय गरेको थियो । बिक्रम सम्वत् २०७७ सालको बिदाको सूची बनाउने बेला नै प्रदेश सरकारले पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मिति यकिन गरी एक दिन सार्वजनिक विदा दिने जनाएको थियो ।

प्रदेश सरकारले २०७७ सालमा यो बिदासहित नेपाल सरकारले तोकेको बिदा दिनबाहेक थप ६ दिन बिदा दिने सूची बनाएको छ ।

साउन १९ गते रक्षा बन्धन, साउन २७ गते कृष्णाजन्मष्टमी, कात्तिक १४ गते पैगम्बर महम्मदको जन्म दिन, पुस ४ गते विवाहपञ्चमी, माघ ५ गते मधेस आन्दोलन स्मृति दिवस र चैत १७ गते होली पर्वको बिदा दिने सूची प्रदेश सरकारले बनाएको हो ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्