काँग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने



काठमाडौं : नेपाली काँग्रेसले हरेक वर्ष दसैंको कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्ने चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

विसं. २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि काँग्रेसले वर्षेनी कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्दै आएको थियो ।

तर, यसवर्ष कोरोना महामारीका कारण काँग्रेसले चियापान कार्यक्रम नगर्ने जनाएको हो ।

‘काँग्रेसद्वारा कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको शुभकामना आदान–प्रदान तथा चियापान समारोह कोभिड—१९ का कारण यो वर्ष नगरिने व्यहोरा जानकारी गराइन्छ,’काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्