कब्रिस्तानमा संक्रमितको शव गाडेको भन्दै स्थानीयद्वारा विरोध



धनगढी : कोरोना संक्रमितको शव बस्ती नजिकै गाडेको भन्दै धनगढीमा स्थायीयले विरोध गरेका छन् ।

बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएकी धनगढी उपमहानगरपालिका–२ की ५७ वर्षीया महिलाको शव स्थानीय प्रशासनले वडा नम्बर १ मा रहेको कब्रिस्थानमा व्यवस्थापन गरेको थियो ।

तर, स्थानीयवासीले गाडिएको कोरोना संक्रतिमको शव उत्खनन गरेर अर्काे स्थानमा गाड्न माग गर्दै विरोध गरेका हुन् ।

‘जङ्गलमा गाड्नु पर्ने शव बीच बस्तीमा गाडिएको छ,’ वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुड्भरीले भने– ‘स्थानीय शव अर्काे ठाउँमा गाड्नु पर्ने भन्दै विरोध गरेका हुन् ।’

उनीहरुले कब्रिस्तानमा तालाबन्दीसमेत गरेका छन् ।

यता कैलालीका प्रमुख जिल्ला यज्ञराज बोहराले स्थान अभावले कब्रिस्तानमा शव गाडिएको बताए ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्