नेप्सेमा सामान्य गिरावट



काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक बिहीबार सामान्य अंकल घटेर छ । बुधबार ४१ दशमलव २० अंकले बढेको नेप्से १ दशमलव ७८ अंकले घटेर १ हजार ६ सय ४५ दशमलव ६७ अंकमा कायम भएको हो ।

बिहीबार १ सय ९२ वटा कम्पनीको १ करोड ३ लाख ६५ हजार कित्ता सेयर ४१ हजार ९ सय ९ पटक खरिद बिक्री हुँदा ३ अर्ब ३ करोड ७६ लाख ९४ हजार बराबरको कारोबार भएको छ ।

आज निर्जीवन बीमा समूहको उपसूचक सबैभन्दा बढी ३९ दशमलव ८९ अंकले बढेको छ । त्यस्तै व्यापार, जलविद्युत, लघुवित्त, जीवन बीमा र अन्य समूहको उपसूचक क्रमशः १९ दशमलव ९५, ६ दशमलव ७५, १२ दशमलव ७४, ८ दशमलव ८६ र ५ दशमलव ८३ अंकले बढेको छ ।

यसैगरी उत्पादन समूहको उपसूचक ३४ दशमलव ८५ अंकले घटेको छ । बैंकिङ समूह ६ दशमलव २७, होटल समूह १५ दशमलव ४२, विकास बैंक समूह १६ दशमलव ८२ र वित्त समूह २ दशमलव ६२ अंकले घटेको छ ।

त्यस्तै कारोबारका आधारमा सबैभन्दा धेरै प्राइम कमर्सियल बैंकको १३ करोड ७८ लाख बराबरको सेयर कारोबार भएको छ भने कारोबार भएको सेयर संख्याका आधारमा शिवश्री हाइड्रोपावर लिमिटेडको ७ लाख ६९ हजार कित्ता सेयर किनबेच भएको छ ।

प्रकाशित : कात्तिक १३, २०७७

प्रतिक्रिया दिनुहोस्