दशैंपछि काठमाडौं फर्किने न्यून



काठमाडौं– गत वर्षको दशैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैं तिहारको समयमा हुने यात्रुहरुको आवागमन भन्दा यो वर्ष कम देखिएको हो ।

गत वर्ष दशैं अघि उपत्यकाबाट ११, १२ लाखको हाराहारीमा यात्रुहरु बाहिरिने गरेको भएपनि यो वर्ष न्यून संख्यामा यात्रुहरु उपत्यका बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार यो वर्ष १ लाखले मात्रै उपत्यका छोडेका छन् । लक डाउन र त्यसअघिको अवधिमा अधिकांशले उपत्यका छोडेको र कोभिडका कारण धेरैले यात्रा नगरेकाले यो वर्ष दशैं तिहारका लागि उपत्यका छोड्नेको संख्या न्यून रहेको उनले बताए । अहिले दैनिक करिब ५ हजार मान्छेहरु उपत्यका भित्रिरहेकाले बसपार्क लगायत बजार क्षेत्रमा विगत जस्तो भिड नभएको पनि उनले बताए ।

ट्राफिक प्रहरीले अहिले सवारी साधानमा जोर विजोर कायम गर्ने, भौतिक दुरी कायम गराउने, भिडभाड नियन्त्रण गर्ने र बढी भाडा लिने सवारीलाई कारवाही गरिरहेको छ । दैनिक ८ वटा टोलीलाई यात्रुको भेषमा खटाएर सार्वजनिक सवारीहरुमा तोकिएभन्दा बढी भाडा लिए÷नलिएको अनुगमन गरिरहेको उनले बताए । अहिलेसम्म बढी भाडा लिने २ सय १५ वटा सर्वाजनिक सवारीलाई कारवाही गरिएको पनि उनले जानकारी दिए ।

ट्राफिक व्यवस्थापन सँगै सर्वसाधारणलाई कोभिडबाट बचाउने काम पनि ट्राफिक प्रहरीले गरिरहेको छ । उपत्यकामा ६६ ठाउँमा नियमित रुपमा मादक पदार्थ सेवन (मापसे) चेकजाँच भइरहेकोमा अहिले उपत्यका बाहिरिने थप ९ वटा नाकामा समेत चेकजाँचमा कडाई गरिएको प्रमुख ढकालले बताए ।

दशैं अवधिमा ३ हजार १ सय १५ सवारी चालकलाई कारवाही गरिएको बताउँदै प्रमुख एसएसपी ढकालले गत वर्षको दशैंको अवधिको तुलनामा यो वर्ष कम दुर्घटना भएको बताए । गत वर्ष दशैं अवधिमा ४ सय ३४ वटा दुर्घटना भएकोमा यो वर्ष ३ सय २० वटा दुर्घटना भएका छन् । लक डाउन अघि यो वर्ष दुर्घटनामा परि १ सय ४ जनाले ज्यान गुमाएकालेमा लक डाउन पछिको अवस्थामा ६४ जनाको निधन भएको छ । सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा पनि ४० प्रतिशतले कमि आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि विश्वराज पोखरेललाई सिफारिस गरिएको

काठमाडौं : दक्षिण एसियाली सहयोग संगठन (सार्क) सदस्य आठ मुलुकमध्ये अहिले पनि सबैभन्दा बढी संक्रमित

काठमाडौं : नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो

काठमाडौं : आगामी पुस १ गतेदेखि पशुपतिनाथ मन्दिर खुला हुने भएको छ । कोरोना महामारीका

काठमाडौं : कृषि विकास बैंकमा अनधिकृत रुपमा पहुँच पु-याएर रकम चोरी गरिएको प्रकरणमा फरार रहेका

काठमाडौं : नेपालमा हालसम्म ३० जना एचआइभी संक्रमितलाई कोरोना संक्रमण भएको पाइएको छ । ३३

सुर्खेत : अस्पताल शिलान्यास गर्न हेलिकप्टर चार्टर्ड गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास

कैलाली : धनगढी आउँदै गरेको ना४ख ९९ नम्बरको बस अछाममा दुर्घटना हुँदा एक जनाको मृत्यु

महोत्तरी : बर्दिवासको बालिका हत्या प्रकरणको सुक्ष्म छानबिन शुरु भएको छ । बर्दिवास–१४ शुभम् बस्तीकी

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम सोमबार सामान्यतया सफा रहने जनाएको छ

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या आएपछि लामिछाने ह्याम्स

काठमाडौं : चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको