जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा हुने गरेको भ्रष्टाचार र अनियमितबारे स्थानिय द्धारा सार्वजनिक



पर्सा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको भ्रष्टाचार र अनियमिताको विरुद्धमा स्थानिय युवा द्धारा सार्वजनिक गरिएको छ । यसअघि केन्द्रमा हुने गरेको भ्रष्टाचार र अनियमिताको बारे सम्बन्धीत निकायमा ज्ञापन पत्र नै बुझाएर छानविन गर्न माँग गर्दा कुनै सुनवाई नभएपनि बिहिबार पत्रकार सम्मेलनको आयोजना नै गरेर युवाहरुले केन्द्रमा हुने गरेको भ्रष्टाचार बारे सार्वजनिक गरेका हुन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले भिस्वा होटेको सभाहलमा वार्षीक समिक्षा भईरहेको बेला सभाहल बाहिर बिरोध पर्दशन समेत गरेका छन । बिरोध प्रर्दशन पश्चात समिक्षा कार्यक्रममा उपस्थित अतिथीहरुलाई बाहिर निस्किने क्रममा ९जो जो संग सम्बन्धीत छ भनि निवेदन हस्तान्त्रण समेत गराएका थिए ।

निवेदनमा प्रदेश सरकार, प्रदेश नं।२, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत रहेका यस पर्सा जिल्लाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रमेश मिश्रा यस अस्पतालको प्रमुखको रुपमा कार्यभार सम्हाले देखि नै अस्पताल व्यवस्थापनको अवस्था जर्जर हुंदै गई रहेको उल्लेख गरिएको छ ।

अस्पतालको औषधि खरिद, बजेट खर्च, उपचार लगायतमा अपारदर्शी ढंगबाट प्रकिृया मिचेर अनियमितता हुने गरेको र कार्यालय प्रमुख आफु बिरामी भएको बहानागरी घरमा बसेर नै जोखिम भत्ता सहित तलब खाने गरेको आरोप समेत प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

केन्द्रमा नियमित रुपमा कर्मचारी नआएपनि महिनामा एक पल्ट आएर पुरै महिनाको हाजिरी बनाएर तलब बुझेर जान्छन, स्थानिय उदयनारायण कुशवाहाले भने, तर केन्द्रमा सेवा लिन आउँने सेवाग्राहीहरु सेवा नै नलिई फर्कन बाध्य हुन्छनन् तर कुनै सुनवाई हुँदैन् ।
पत्रकार सम्मेलनमा उनले नियमित उपचारमा आउँने सेवाग्राही भन्दा बढी संख्यामा रोगीको लिस्ट बनाई बजेट र औषधी हिनामिना गर्ने गरेको आरोप लगाए । निशुल्क दिनुपर्ने औषधीहरु केन्द्रबाट उपलब्ध नगराई निजि क्लीनिकबाट किन्न लगाउँन र केन्द्रमा भएको औषधी रातारात बाहिर लगेर बेच्ने गरेको उनले बताए ।

कार्यालयका कर्मचारीले कार्यालयको उपचार समाग्री घरमा लैजाने तथा प्राईवेट क्लिनिक लगेर प्रयोग गर्ने गरेका छन । कर्मचारीले स्वास्थ्य केन्द्रको सामाग्री निजी प्रयोगमा लैजादै गरेको भिडियो क्लिपका साथै सादा बिल मगाई आफ्नौ मनोमानि तरिकाले बिल फउचर बनाई पासगरेको बिल एक बिलभउचरको फोटो समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

स्वास्थ्य केन्द्रमा विगत ६९७ वर्ष देखि अस्थाई दरबन्दिमा कार्यरत १ जना कार्यालय सहायकको नियुक्ति नविकरण नगरी राजनितिक आडमा थप दुई जना कर्मचारीलाई नियुक्त गरेर व्यापक रुपमा आर्थिक चलखेल भएको छ । पत्रकार सम्मेलनमा कुशवाहाले भने, मुख्यमन्त्री नजिकका एकजना व्यक्ति हुन र मुख्यमन्त्रीकै पिएका सालो गरी २ जनालाई अस्थायी नियुक्त गरिएको छ ।

मुख्यमन्त्रीको सोर्सफोर्समा नियुक्त गरिएको ति दुवैजना कर्मचारीले जनताको सेवा उपलब्ध गराउँनु भन्दा पनि केन्द्रमा राजनितिक गर्ने गरेको र धाक धम्कीले कार्यालय संचालन गरी महिनामा १÷२ पल्ट मात्र आउँने गरेको र सेवा नै नदिई तलब भत्ता बुझने गरेको स्थानियको आरोप छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समिती तथा स्थानीय वडा बासीहरु संयुक्त रुपमा केन्द्रमा हुने गरेको भ्रष्टाचार तथा अनियमितता बारे तयार पारेको आवश्यक काजगपत्रहरु स्थानिय अगुवा, वुद्धिजिबी, तथा भ्रष्टाचार विरुद्धका अभियन्ताहरु बुझाएका छन ।

प्रतिक्रिया दिनुहोस्