आयोगद्वारा ९ महिनामा २० हजारभन्दा बढी मुद्दा दायर



काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ सालमा २ सय ३५ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । आयोगले गत साउन महिनादेखि चैत मसान्तसम्ममा ती मुद्दा दायर गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

यस अवधिमा भ्रष्टाचार विरुद्ध ९० वटा स्टिङ अपरेशन गरी १ सय २७ जनामाथि कारबाही गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा १ सय ९४ मुद्दा अदालतमा दायर गरिएकोमा चालु आर्थिक वर्षको ९ महिनामा अभियोजनमा उल्लेख्य वृद्धि भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष आयोग भ्रष्टाचार विरुद्धका मुद्दामा वृद्धि भएको जनाईएको छ । गत आर्थिक वर्षमा १९ हजार ४ सय ८८ उजुरी आयोगमा रहेको थियो भने यस चालु आर्थिक वर्षको ९ महिनामा २० हजार भन्दा बढी मुद्दा दायर गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्