काठमाडौंमा सिडिओ जनकराज दाहाललाई कोरोना संक्रमण



काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सिडिओ दाहाललाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

टाउको दुखेपछि पीसीआर परीक्षणका लागि स्वाब दिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । उनलाई टाउको दुख्नेबाहेक अरू लक्षण भने देखिएको छैन ।

दाहालकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको छ । दुबै जना होम आइसोलेसन बसेका छन् ।

प्रकाशित : कात्तिक १४, २०७७

प्रतिक्रिया दिनुहोस्