कोरोना संक्रमणबाट पत्रकार विष्णुप्रसाद चौलागाईको मृत्यु



काठमाडौं : कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको मृत्यु भएको छ।
काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय चौलागाईंको कोरोना संक्रमणका कारण शुक्रबार बिहान मृत्यु भएको हो ।

उनलाई गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

उनी ब्रोनक्राइटिस पीडित थिए ।

प्रकाशित : कात्तिक १४, २०७७

प्रतिक्रिया दिनुहोस्