प्रधानमन्त्रीको ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्पः पात्रो फेरियो, अवस्था फेरिएन



काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्प गरेको एक वर्ष पूरा भएको छ । नयाँ वर्ष २०७५ सालको सुरुवातसँगै रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने सपना बाँडेका थिए ।

प्रधानमन्त्री ओलीले वर्ष २०७५ भरि नै यस्ता मिठामिठा सपना देखिरहेरबाँडिरहे । तर एक वर्षअघि भित्तामा झुन्ड्याइएको पात्रो नयाँ वर्ष २०६७ को आगमनसँगै फेरियो, जनताको जीवनस्तरमा भने केही परिवर्तन आएको छैन । 

बाम विश्लेषक भरत दाहाल जनताको दैनिक जीवनमा परिवर्तन आउनेगरी सरकारले केही काम गर्न नसकेको बताउँछनश र आमजनताका समस्या समाधान होइन, बढेर गएका छन्,’ दाहाल भन्छन्, ‘भित्ताको पात्रो फेर्नुबाहेक जनताको जीवनमा बितेको एक वर्षमा केही परिवर्तन देखिएन ।’  यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्