नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा : कमल थापा



काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले बताएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका राप्रपा अध्यक्ष थापाले सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको अकर्मण्यताका कारण नेपाल अन्तर्राष्ट्रिय केन्द्रको प्रतिस्पर्धास्थल बन्न लागेको बताएका हुन् ।

थापाले ट्वीटरमा लेखेका छन्–‘भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदुरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो । तर, सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका अकर्मण्यता र गलत नीतिको परिणास्वरुप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ ।’

साथै उनले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बन्न समेत आग्रह गरेका छन् ।

प्रकाशित : कात्तिक १४, २०७७

प्रतिक्रिया दिनुहोस्