प्रचण्ड भेट्न खुमलटार पुगे परराष्ट्र मन्त्री ज्ञवाली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता प्रचण्ड निवास खुमालटार पुगेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच असमझदारी बढेसँगै ओली निकटका नेताहरु दैनिकजसो खुमलटार पुग्ने गरेका छन् ।

शुक्रबार परराष्ट्र मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली प्रचण्डलाई भेट्न खुमालटार पुगेका हुन् ।

स्रोतका अनुसार प्रचण्डसँगको भेटमा परराष्ट्र मन्त्री ज्ञवालीले दुई अध्यक्ष मिलेर जानुपर्ने सुझाव दिएको बतायो ।

कर्णाली प्रदेश प्रकरण, मन्त्रिपरिषद पुनर्गठन, रअ प्रमुखसँगको भेट, पर्सा घटनालगायतका विषयमा असन्तुष्टि जनाउँदै प्रचण्ड बालुवाटार गएका छैनन् भने कात्तिक ३ गतेदेखि प्रधानमन्त्री ओली र प्रचण्डबीच भेट हुन सकेको छैन ।

प्रधानमन्त्री ओली मंगलबारदेखि प्रचण्डलाई बालुवाटार बोलाएपनि उनी नचाएको स्रोतले बतायो ।

त्यसोत यसअघि बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डलाई भेटेका थिए ।

त्यस्तै बुधबार अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डसँग छुट्टाछुट्टै भेट गरेका थिए ।

प्रकाशित : कात्तिक १४, २०७७

प्रतिक्रिया दिनुहोस्