तरुण दलद्वारा स्वास्थ्य सामग्री सहयोग



काठमाडौं : नेपाल तरुण दलले आफनो ६८औँ स्थापना दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज एक कार्यक्रम गरी विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले शिक्षण अस्पतालमा गई चार हजार थान मास्क, ३० थान पिपिई सेट र ५२ थान फेस शिल्डलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै उक्त सहयोग हस्तान्तरण गरिएको अध्यक्ष जितजङ बस्नेतले जानकारी दिए । तरुण दलले स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग पुर्यााउनु हुने नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं। ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउण्डेसनका अध्यक्ष मेन्ज खानलाई धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्