नेपाली राष्ट्रिय फुटबल टोलीका थप एक फुटबलरमा कोरोना पुष्टि



काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका थप एक फुटबलरमा कोरोना पुष्टि भएको छ। बिहिबार साँझ प्राप्त रिपोर्ट अनुसार राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा बोलाईएका थप एक जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको हो।

योसंगै राष्ट्रिय फुटबल टिमको प्रशिक्षणमा बोलाईएका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।एन्फाले बिहिबार अपरान्ह दिएको जनकारी अनुसार प्रारम्भिक रुपमा चार जनामा कोरोना संक्रमण देखिएको थियो ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहिबारबाट प्रशिक्षण सुरु गरेको छ ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशमा दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्