आईपीएल : पन्जाब र राजस्थान भिड्दै



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।

शेख जायद क्रिकेट स्टेडियममा पन्जाब र राजस्थानबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ । केएल राहुलको कप्तानी पन्जाब र स्टिभ स्मिथको कप्तानीमा राजस्थान मैदान उत्रने छ।

पन्जाब १२ खेलमा १२ अंक जोड्दै तालिकाको चौंथो स्थानमा रहेको छ भने १२ खेलमा १० अंक जोडेको राजस्थान सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्