कुश्माबजार सात दिनका लागि बन्द



काठमाडौं : स्थानीय प्रशासनले पर्वत सदरमुकाममा एक हप्तालाई निषेधाज्ञा जारी गरेको छ ।

पर्वतमा कोरोना संक्रमितको संख्या बढेको र मानिसको मृत्यु भएको भन्दै कुस्मा बजारमा एक हप्तासम्म सरकारी कार्यालय, वित्तीय संस्था र अत्यावश्यकबाहेक सबै पसल बन्द गर्न स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

कुश्मा नगरपालिका कार्यालय र सदरमुकाम क्षेत्रका ४, ५, ६ र ७ नम्बर वडा कार्यालयबाट प्रदान गरिने सेवा, सदरमुकामका बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवा र अत्यावश्यक बाहेकका पसल कात्तिक १४ गते राति १२ बजेदेखि कात्तिक २१ गते राति १२ बजेसम बन्द गर्ने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्