लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, पाइलटसहित ३ जनाको मृत्यु (दुर्घटनाको ६ फोटो)



सोलुखुम्बु : सोलुखुम्बुको लुक्ला विमानस्थलमा विमान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि काठमाडौँ पठाइएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए ।

घटनामा समिटका को पाइलट र दुई सुरक्षाकर्मीको मृत्यु भएको छ । समिट एयरको विमान उडान भर्ने क्रममा मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठ छन् । समिट एयरका क्याप्टेन आरबी रोकाया र अर्का असई रुद्रबहादुर श्रेष्ठ घाइते छन् । घाइतेहरुलाई ग्राण्डी अस्पताल ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।

आइतबार बिहान समिट एयरको 9N-AMH कलसाइन भएको विमान मनाङ्ग एयरको हेलिकप्टर 9N-ALC कलसाइन भएको हेलिकप्टरसँग ठोक्किएको हो । 

समिट एयरको विमान उडान भर्ने क्रममा मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएपछि आगो लागेको थियो । विमान धावन मार्गमा चिप्लिएर हेलिकप्टरमा ठोक्किन पुगेको हो । दुर्घटनाको यकिन कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्