मुकेश हत्या प्रकरण : हत्याको ८ दिनपछि अन्त्येष्टि



वीरगञ्ज : पर्सामा नेकपाका दुई गुटबीच भएको झडपमा मारिएका नेकपाका जिल्ला सदस्य मुकेश चौरसीयाको हत्या भएको ८ दिनपछि मात्रै अन्त्येष्टि भएको छ ।

हत्यामा संलग्नविरुद्ध प्रहरीले जाहेरी लिन नमान्दा चौरसीयाको शव आठ दिनदेखि नारायणी अस्पतालमा राखिएको थियो ।

बिहीबार सरकारी वकिलको कार्यालय मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा हत्यामा संलग्न १२ जनाविरुद्ध जाहेरी दर्ता भएपछि मात्र शुक्रबार मृतकका परिवारले शव बुझेर साँझ अन्त्येष्टि गरिएको हो ।

मुकेशको गाउँ विन्दवासीनी गाउँपालिकाको बहुअर्वाभाठास्थित शम्शानघाटमा शुक्रबार साँझ उनको अन्त्येष्टि गरिएको हो । मुकेशको शवमा नेकपाका स्थायी कमिटी सदस्य एंव पूर्वमन्त्री मातृका यादवले नेकपाको झण्डा ओढाएर श्रद्धाञ्जली दिए ।

त्यसअघि शुक्रबार दिउँसो नारायणी अस्पतालमा शवको पोष्टमार्टम गरेर त्यहाबाट शव निकालेर मुकेशको घरमा लगेर परिवारजनलाई अन्तिम पटक हेर्न दिइएको थियो ।

अन्त्येष्टिमा पूर्वमन्त्री यादवका साथै नेकपाका नेता रामचन्द्र झा, प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, केन्द्रीय सदस्य दिनेश राई, प्रदेश कमिटी सदस्य छोटेलाल यादव, बालगोपाल थापा, वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारी लगायतका नेता कार्यकर्ता पनि सहभागी भएका थिए । अन्नपूर्ण पोष्ट दैनिकमा क्रान्ति शाहले लेखेका छन् ।

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्