आज विश्व शहरीकरण दिवस



काठमाडौं : सातौं विश्व शहरीकरण दिवस आज मनाइँदै छ । ‘समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ शनिबार नेपालमा पनि विश्व शहरकरण दिवस २०२० मनाइँदै छ ।

शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ । तर, यस वर्ष कोरोना जोखिमका कारण विश्व शहरकरण दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ ।

यस अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा शुभकामना दिँदै विकासको मुख्य आधार योजनाबद्ध शहरीकरण भएकामा जोड दिएका छन् ।

‘उत्कृष्ट शहर, उत्कृष्ट जीवन’ भन्ने सोचलाई मध्यनजर गरेर हरेक वर्षको अक्टुवर ३१ को दिन विश्वभरी शहरीकरण दिवस मनाइन्छ । सन् २०१४ मा चीनमा ‘प्रमुख शहरी रुपान्तरण’ भन्ने नाराका साथ पहिलो शहरीकरण दिवस मनाइएको थियो ।

अन्तर्राष्ट्रिय समुदायको हितलाई बढावा दिनको लागि विश्वव्यापी शहरीकरणको अवसरहरु भेट्न, शहरीकरणको चुनौतिहरुलाई सम्बोधन गर्न, देश र शहरहरु बीचको सहयोग बढाउन र शहरी विकासको लागि योगदान पुर्याउन विश्व शहरीकरण मनाइन्छ ।

यस वर्षको नारा भने आफ्नो शहर र समुदायलाई जोगाएर राखौं र महत्व दिऔं भन्ने रहेको छ ।

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्