मुस्ताङमा बाहिरी जिल्लाबाट प्रवेश रोक्ने निर्णय



मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले घरपझोङ गाउँपालिका–४ मा कोरोना पोजेटिभ देखिएको परिवार र उनको सम्पकमा रहेकाको कन्ट्रयाक ट्रेसिङ गरेर स्वाव संकलन गरेर पठाउने निर्णय गरेको जिल्ला प्रशासान कार्यालय मुस्ताङले जनाएको छ ।

आवश्यकता अनुसार क्वारेन्टाइन अनिवार्य गर्ने समेत निर्णय भएको छ । मुस्ताङका पाँच वटा विशेष अवस्था रहेकोले अन्य जिल्लाबाट आवतजावत नगर्न अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

जिल्लामा भ्यान्टिलेटर नभएको, कच्ची सडकबाट उद्धारमा समस्या हुन सक्ने, जाडो बढी सकेकाले संक्रमण थप बढ्न सक्ने, कागबेनी तथा मुक्तिनाथ जस्ता धार्मिक क्षेत्र बन्द रहेको र हवाइ उद्धार मात्रै गर्न गाह्रो भएकाले अन्य जिल्लाबाट अत्यावश्यक बाहेक प्रवेश नगर्न अनुरोध गर्ने निर्णय गरिएको हो ।

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्