इंग्लिस प्रिमियर लिग फूटबलमा वुल्भ्स विजयी



काठमाडौं : इंग्लिस प्रिमियर लिग फूटबल वुल्भ्स विजयी भएको छ । प्रिमियर लिगमा गएराति वुल्भ्सले क्रिष्टल प्यालेसलाई २–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा वुल्भ्सको जितमा १९ वर्षका रायन एइत–नूरी र ड्यानिएल पोडेन्सीले एक–एक गोल गरे ।

आफ्नो डेब्यू खेलमा नूरीले १८ औं र पोडेन्सीले २७ औं मिनेटमा गोल थपेका थिए । त्यसपछि ८६ औं मिनेटमा लुका मिलिभोजेभिकले रातो कार्ड पाएपछि क्रिष्टल १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि तेस्रो स्थानमा उक्लिएको वुल्भ्सले ७ खेलबाट १३ अंक जोडेको छ । उता समान ७ खेलबाट १० अंक रहेको क्रिष्टल नवौं स्थानमा छ ।

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्