विश्वमा ५ लाख ७३ हजार बढी मानिस संक्रमित



काठमाडौं : कोरोना संक्रमणबाट विश्वभर हालसम्मकै धेरै मानिस संक्रमित भएका छन् । केही दिनयता विश्वभर नै दैनिक कोरोना संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा हालसम्मकै धेरै ५ लाख ७३ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको हो ।

यसअघि बिहीबार मात्रै अहिलेसम्मकै धेरै ५ लाख ४८ हजारभन्दा बढी संक्रमित थपिएका थिए । पछिल्लो पटक सबैभन्दा धेरै अमेरिकामा १ लाख १ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा एकैदिन संक्रमित हुने यो संख्या पनि हालसम्मकै उच्च हो ।

यसअघि त्यहाँ यही अक्टोबर २९ तारिखमा ९१ हजार ८ सयभन्दा बढीमा संक्रमण भएको थियो । त्यस्तै भारतमा ४८ हजार तथा ब्राजिलमा २३ हजारभन्दा बढी संक्रमित थपिए ।

अमेरिकामा संक्रमित संख्या ९३ लाख नाघेको छ । त्यस्तै भारतमा कोरोना संक्रमित हुने ८१ लाख तथा ब्राजिलमा ५५ लाखभन्दा बढी पुगेका छन् । विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड ५८ लाखभन्दा धेरै रहेका छन् ।

यस्तै शुक्रबार विश्वभर झण्डै ७ हजार ५ सय जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा ९ सय ८८, भारतमा ५ सय ५० तथा ब्राजिलमा ५ सय २९ जनाले ज्यान गुमाए ।

कोरोनाका कारण विश्वमा मृत्यु हुने मानिसको संख्या ११ लाख ९३ हजार भन्दा बढी रहेको छ ।

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्