राजतन्त्र फर्काउन देशव्यापी महाअभियानको शुरुवात



जनकपुरधाम : ‘राजा आउ देश बचाउ’ को नारा लगाउँदै राष्ट्रवादी नागरिक समाजले आज (शनिबार) देखि देशव्यापी महाअभियानको शुरुवात गरेको छ ।

राष्ट्रवादी नागरिक समाजले राजधानी काठमाडौँबाट सुरु गरेको महाअभियान अन्तर्गत राजतन्त्र फर्काउनुपर्ने माग गर्दै आज जनकपुरधाममा समेत र्याली निकालेको छ ।

नेपालको राष्ट्रिय झण्डा बोकेर दर्जनौँ व्यक्तिहरुको सहभागितामा समाजले जनकपुरधाममा निकालेको र्याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । पूर्व राजाको पक्षमा नारा लगाउँदै उनीहरु र्यालीमा सहभागी भएका थिए ।

र्यालीमा सहभागीहरुले राजतन्त्र पुनर्वहाली गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने, हत्या हिंसा बलात्कार जस्ता घटना नियन्त्रण गर्नुपर्ने लगायतका नाराहरु लगाएका थिए ।

राष्ट्रवादी नागरिक समाजका संयोजक चन्द्र बहादुरले देशमा भ्रष्टाचार मौलाईरहेको, बलात्कार, हत्या हिंसा जस्ता घटनाहरु दिन दिनप्रतिदिन बढ्दै गरहेकोले यसको न्युनीकरणका लागि राजतन्त्र फर्काउन आवश्यक रहेको बताए ।

त्यस्तै उपसंयोजक लक्ष्मी मल्लले देशमा राजतन्त्रको पुनर्वहाली नभएसम्म देशभरी यो महाअभियान जारी राख्ने जानकारी दिइन् । उनले देशमा चाँडै नै राजतन्त्र फर्किने दावी समेत गरिन् । उनले समावेशी राज्यसत्ता सहितको शासनले नै देशमा समृद्धि ल्याउन सक्ने दावी समेत गरिन् ।

No description available.
प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ पुरुष गरी ८२२ जना

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन् । जनमुखी

दाङ : हिजो (बिहीबार)सम्म दाङमा २८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । २१ हजार

काठमाडौं : भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारत सँगै काम गर्न आवश्यक रहेको

गुल्मी : इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।सदरमुकाम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको

काठमाडौं : १६ दिने अभियानका क्रममा गल्र्स किक र ग्लोबल एक्सन नेपालको आयोजनामा साइकल र्‍याली

काठमाडौं : यो संसारमा हरेक मानिस केही न केही सिप र कला लिएर जन्मेका हुन्छन्

काठमाडौं :सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् ।

दमौली : म्याग्दीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस आँबुखैरेनी मिलनचोकमा

काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको एक सर्वेक्षणमा एसियाका १७ देशमध्ये नेपालमा भ्रष्टाचार वृद्धिको अवस्था चिन्ताजनक

काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व उपकुलपति एवं भौतिकशास्त्री केदारलाल श्रेष्ठको