आज राती १२ बजेदेखि लागू हुने गरि सिरहा जिल्लाभर आदेश जारी



जनकपुरधाम : जिल्लामा कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय सिरहाले आज (शनिबार) रातीदेखि लागू हुनेगरि जिल्लाभर आदेश जारी गरेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० तथा संक्रामक रोग ऐन, २०२० को दफा ३ र ४ अनुरुप आज राती १२ बजेदेखि लागू हुनेगरि आगामी मंसिर १७ गते राती १२ बजेसम्मका लागि आदेश जारी गरिएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सिरहाले दीपावली, छठ तथा कमला नदीमा लाग्ने पूर्णिमा पर्वमा भिडभाड नगरि यस वर्ष चाडपर्व मनाई कोरोना संक्रमण न्यूनिकरण गर्न स्वास्थ्य र सुरक्षा मापदण्ड तथा प्रोटोकलको पालना गर्दै जनजीवनलाई पनि अनुकुलन तुल्याउन आवश्यक देखिएको हुँदा मंसिर १७ गते राती १२ बजेसम्मका लागि सिरहा जिल्लाभर लागु हुने गरि आदेश जारी गरेको हो ।

प्रशासनले सार्वजनिक खेलकुद, नाच, तमासा, मेला वा भिडभाड हुने कार्यक्रमको आयोजना नगर्न, सभा, जुलुस, वा प्रदर्शन हुने जस्ता कार्य नगर्न, चाडपर्व लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक नित्य पुजा, आराधना बाहेकका गतिविधिहरु सञ्चालन नगर्न, स्वास्थ्य मापदण्ड विपरीत यातायात, उद्योग, व्यापार, व्यवसायलगायतका गतिविधीहरु सञ्चालन नगर्न आग्रह गरेको छ ।

सिरहामा शनिबारसम्म ८८ जना सक्रिय संक्रमितहरु रहेका छन् भने संक्रमणका कारण हालसम्म १७ जनाले ज्यान गुमाईसकेका छन् ।

No description available.
प्रतिक्रिया दिनुहोस्