कौडा खेल्ने ३ जना पक्राउ



जनकपुरधाम : कौडा खेलिरहेको अवस्थामा महोत्तरी प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको मनरासिस्वा नगरपालिका वडा नम्बर–७ का विनोद कुमार साह, सरोज कुमार साह र सन्तोष कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

आज (शनिबार) बिहान ४ बजे कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई ३ लाख ३२ हजार ९ सय ६० रुपैयाँ सहित सोही नगरपालिका वडा नम्बर–६ बाँसघारीबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए । कौडा खेलिरहेका अन्य दुईजना फरार भएको उनले जानकारी दिए ।

पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
त्यस्तै, आज महोत्तरीबाटै प्रहरीले लागुऔषध सहित एक युवकलाई पक्राउ गरेको छ ।

आज दिउँसो साढे ३ बजेको समयमा महोत्तरीको सम्सी गाउँपालिका–६ सम्सी बजारमा भारतबाट नेपाल तर्फ आउँदै गरेको बर्दिबास नगरपालिका–३ गौरी डाँडा बस्ने २४ वर्षीय रण बहादुर ठारा मगरलाई गस्तीमा खटेको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट नाइट्रोभेट–१० तिस ट्याब्लेट, नाइट्राजेपाम दश ट्याब्लेट र स्पास्मो प्रोक्सिभोन चौबिस ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ ।

No description available.
प्रतिक्रिया दिनुहोस्