दिल्लीमाथि मुम्बईको शानदार जित



काठमाडौं : इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा मुम्बई इण्डियन्सले शानदार जित हात पारेको छ ।आज भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ९ विकेटले हराएको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले मुम्बईलाई जितका लागि दिएको १११ रनको सामान्य लक्ष्य मुम्बईले १४ ओभर २ बलमा १ विकेट गुमाउँदै १११ रन बनायो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११० रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्