नारायणी नदीले बगाउँदा एक युवा बेपत्ता, एकको उद्धार



चितवन : नयाँ वर्षमा घुम्न आएका एक युवक आइतबार बिहान स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका छन्। सँगै नदीले बगाएका अर्का एक युवकलाई प्रहरीले उद्धार गरेको छ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रुपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली नदीमा डुबेर बेपत्ता भएका हुन्।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीसँगै नदीले बगाएका पाल्पा घर भएका २३ वर्षीय श्रीधर गैरेको उद्धार गरिएको छ। गैरेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बिहान १०ः२० बजेतिर भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा नुहाउने क्रममा दुई जनालाई नदीले बगाएको हो। बुटवलबाट तीन जना युवक नयाँ वर्षमा घुम्न आउने क्रममा नदीमा नुहाउँदा बगाएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्