पर्यटन प्रवर्द्धनका लागि तिलोत्तमाको ६ लेन सडक बुद्धमय बनाइँदै



बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि सडकलाई लिटिल बुद्ध र पञ्चम बुद्धका मूर्तीले सजाउन सुरु गरेको छ ।

६ लेन सडकको डिभाइडरमा नगरपालिकाले तीन सय मिटर दुरीको फरकमा २२ वटा बुद्धको मूर्ती राख्न लागेको हो । 

प्रदेश ५ सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनाउने तयारी गरेसँगै तिलोत्तमा नगरपालिकाले त्यसको प्रचारप्रसार अभियानलाई सघाउ पु¥याउने उद्देश्यले बुद्धमूर्ति राख्न सुरु गरेको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

बुद्ध मूर्ती राखेसँगै सो आसपासको क्षेत्रलाई फूलले ढकमक्क बनाइने छ । सडकको बीचको डिभाइडरमा बुद्ध मूर्ती स्थापनाका लागि नगरपालिकाले ५० लाख रुपैयाँ बजेट छुट्टाएको छ । 

प्रदेश ५ का पर्यटनमन्त्रीबाट लिटिल बुद्ध मूर्ती अनावरण

प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीले सडकलाई बुद्धमय बनाउने अभियान अन्तर्गत आइतबार तिलोत्तमाको योगीकुटीमा स्थापना गरिएको लिटिल बुद्ध मूर्तीको अनावरण गरे ।

उनले प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६लाई सफल बनाउन पनि नगरपालिकाको यो अभियानले सहयोग पु¥याउने बताए ।

प्रतिक्रिया दिनुहोस्