सकारात्मक सोच विना विकास र समृद्धि असम्भव : मुख्यमन्त्री पोखरेल



पाल्पा : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गएका ३ वर्षमा काम गर्ने अवस्था नरहे पनि नयाँ वर्षको सुरुवातसँगै विकास निर्माणका कामले फड्को मार्ने बताएका छन् ।

प्रदेश सांसद डा.पुरनमान बज्रचार्यले पाल्पाको तानसेनमा आइतबार आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सकारात्मक सोच विना विकास र समृद्धि सम्भव नरहेको बताए ।

मुख्यमन्त्री पोखरेलले राम्राभन्दा नराम्रा पक्षलाई वकालत गर्ने प्रवृत्ति बढेको भन्दै त्यसको अन्त्यका लागि सबैको साथ र समर्थन आवश्यक रहेको बताए । ५ नम्बर प्रदेशलाई तिहासिक पर्यटकीय गन्तव्यको रुपमा प्रबर्द्धन गर्न प्रदेश सरकारले  गुरुयोजना बनाएरै अघि बढेको उनको भनाई छ  ।

कार्यक्रममा प्रदेश सभामुख पुर्ण बहादुर घर्तीले प्रदेशको विकासलाई अघि बढाउन कानुन निर्माण र योजना तर्जुमाको काम अन्तिम चरणमा पुगेको बताए ।

प्रतिक्रिया दिनुहोस्