
स्याङ्जा : भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले वालिङ नगरपालिका–२ स्थित छप्राकमा रहेको दलित बस्तीमा झुल वितरण गरेकी छन् ।
मन्त्री अर्यालले स्वास्थ्य मानिसले मात्रै राम्रोसँग काम गर्नसक्ने बताउँदै मच्छडको टोकाइबाट लाग्नसक्ने रोगबाट बच्नको लागि झुल वितरण गरेको बताइन् ।
२ सय ५ घर रहेको दलित बस्ती छप्राकमा प्रत्येक घरका लागि एक÷एक वटा र ७० वर्षभन्दा माथिका वृद्धाहरुलाई पनि मन्त्री अर्यालले झुल हस्तान्तरण गरिन् ।
यसैबीच मन्त्री अर्यालले स्याङ्जाको वालिङ नगरपालिका–२ स्थित छप्राकमा दलित महिलाहरुद्वारा स्थापना गरिएको सिद्धबाबा श्रमिक महिला सहकारी संस्था लिमिटेडको पनि उद्घाटन गरेकी छिन् ।