नेपाल वायुसेवा निगमको २६ प्रतिशत उडान रद्द



काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको २६ प्रतिशत उडान रद्द हुने गरेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । 

महालेखा परीक्षकको कार्यालयले केही दिन अगाडि मात्रै सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनमा निगमले आय वृद्धि र साख कायम गर्ने गरी गुणस्तरीय सेवा दिन नसकेको विषय समावेश गरेको छ ।  

यो वर्ष निर्धारित तालिकाअनुसार उडान नभई आन्तरिक र अन्तर्राष्ट्रियतर्फ गरी निगमको २६ प्रतिशत उडान रद्द भएको प्रतिवेदनमा उल्लेख छ।

महालेखा अनुसार निगमको अन्तर्राष्ट्रिय उडानतर्फ २० प्रतिशत र आन्तरिक उडानतर्फ २९ प्रतिशत उडान रद्दभै समग्रमा २६ प्रतिशत उडान रद्द भएको छ ।

उडान रद्द हुँदा यात्रुलाई असुविधा हुने, निगमको आम्दानी घट्ने र साखमा गिरावट आउने अवस्था आउने हुँदा उडानलाई व्यवस्थित गर्नु पर्ने महालेखाको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्