पथरीशनिश्चरे नकआउट फुटबल सोमबारबाट सुरु हुने



मोरङ : पथरीशनिश्चरे स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता सोमबारबाट सुरु हुने भएको छ । यलम्बर युवा क्लबको आयोजना हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहने छ ।

बैशाख ९ गतेसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण खेलहरु सुनाखरी खेल मैदान हुनेछ ।

प्रतियोगितामा आयोजक यलम्बरसहित, न्यु स्टार क्लब, सुनाखरी युवा क्लब,त्रिवेणी युवा क्लब,नव प्रतिभा सामाजिक क्लब,न्यु एचएससीइ, सेभेन स्टार र बुद्ध युथ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले २० हजार १११ सय नगद प्राप्त गर्दा दोस्रोले १० हजार १११ रुपैया पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्