विप्लव समूहका विद्यार्थी बस्याल पक्राउ 



नवलपरासी : प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट विप्लव समूहका विद्यार्थी नेता रमेश बस्याललाई पक्राउ गरेको छ ।बस्याललाई इलाका प्रहरी कार्यालय बर्दघाटले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी पठाएको हो ।  

बस्याललाई दिउँसो १ बजे आफ्नै निवास बर्दघाट नगरपालिका ४ आनन्द नगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए।

उनी प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादीको विद्यार्थी संगठनका जिल्ला अध्यक्ष हुँदै पार्टी विभाजनपछि वैद्य नेतृत्वको नेकपा माओवादी हुँदै विप्लव नेतृत्वको नेकपामा आवद्ध भएका थिए । पछिल्लो समय राजनीतिकमा कमै सक्रिय रुपमा लागेका उनी नेकपाका जिल्ला सदस्य समेत थिए । 

 

प्रतिक्रिया दिनुहोस्