
बाँके : नेपाल पुलिस क्लव आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नेपाल आर्मीलाई २–१ ले पराजित गरी नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको ३० सेकेन्डमा प्रहरीका मनोज चौधरीले गोल गरे भने ५० औँ निमेटमा प्रहरीकै सागर आचार्यले अर्को गोल थपे । प्रतिष्पर्धात्मक खेलमा आर्मीका दीपेन्द्र ऐरले एक गोल मात्र गरे ।
त्यसैगरी आइतबार नै भएको अर्को खेलमा गण्डकी प्रदेशले प्रदेश ३ लाई २–० गोलले पराजित गरेको छ ।
यसैबीच आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत शुक्र मावि खजुरामा आइतबार भएको महिला हक्की खेलमा गण्डकी प्रदेश विजयी भएको छ । प्रदेश १ लाई ४–० गोलले पराजित गरि गण्डकी विजयी भएको हो ।