शिव परियारको ‘ह्याप्पी ह्याप्पी’  सार्वजनिक



काठमाडौं : गायक शिव परियारको स्वर रहेको गीत ‘ह्याप्पी ह्याप्पी’  युटुवमार्फत सार्वजनिक भएको छ । नयाँ वर्षको अवसरमा सार्वजनिक भएको  गीतको शब्द रचना सुरेश वाग्लेले गरेका हुन् भने हरि लम्सालले सङ्गीत भरेका छन् ।

राम केसीले छायांकन गरेको आधुनिक रोमान्टिक गीतमा कार्टुन क्रु’ का कलाकारले नाचेका छन् । भिडियोमा राजीभ समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ र भिएफएक्स  रहेको छ ।

प्रतिक्रिया दिनुहोस्