पार्टी विवादबारे सार्वजनिक रुपमा टिप्पणी गर्ने नेता नेपालको भनाइ



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्रको आन्तरिक विवादबारे सार्वजनिक रुपमा टिकाटिप्पणी नगर्ने बताएका छन् ।

सोमबार काठमाडौं शंखरापुरको जरसिंहपौवामा राजनेता एवं विशिष्ट व्यक्तिहरुको शालिकसहितका पार्क बनाउने सम्बन्धमा भएको कार्यक्रममा नेता नेता नेपालले सो कुरा बताएका हुन् ।

सो कार्यक्रममा उपस्थित सञ्चारकर्मीले नेकपा भित्रको विवाद र प्रधानमन्त्रीका रुपमा नाम अघि आएको बारे सोधिएको प्रश्नमा नेता नेपालले त्यसबारे अहिले बोल्ने समय नभएको बताएका छन् ।

‘हामी अहिले कामका लागि भेला भएका छौँ । यस्तो बेला विवादका विषयमा कुरा नगरौं,’ उनले भने ।

नेकपा भित्र अहिले पुनः आन्तरिक विवादले उग्र रुप लिएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेता नेपाल खेमाबीच विवाद रहँदै आएको छ ।

प्रकाशित : कात्तिक १७, २०७७

प्रतिक्रिया दिनुहोस्