
कैलाली : नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विधिको शासनको अभाव भएको बताएका छन् । धनगढी जेसिजले नयाँ वर्षको अवसरमा आयोजित हाफ म्याराथनको आइतबार धनगढीमा उद्घाटन गर्दै देउवाले सरकार मनपरी ढङ्गले अघि बढिरहेको आरोप लगाएका हुन् ।
‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथनमा झन्डै तिन सय जनाको सहभागिता रहेको छ । पर्यटन र खेलको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ हरेक वर्ष जेसिजले यो प्रतियोगिता गर्दै आएको छ ।