
काठमाडौं : जुवातास खेल्न बसेका नौ जना जुवाडेलाई ठुलो परिमाणको नगदसहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३० का वीरबहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा पर्वत घर भइ टोखा बस्ने ४० वर्षीय नरबहादुर क्षेत्री समेत ९ जनालाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुको साथबाट नगद २ लाख ३६ हजार ४ सय रुपैयाँ बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।