
डोटी : डोटीको सिलगढीमा रहेको नेपाली सेनाको रुद्रध्वज गणले बृक्षारोपण गर्दै ‘ग्रो ग्रीन’ कार्यक्रम सुरु गरेको छ । नयाँ बर्ष २०७६ सालको अवसरमा रुद्धध्वज गणले एक सिपाहीले कम्तीमा एक विरुवा रोप्ने लक्ष्यसहित गो ग्रिन कार्यक्रम सुरु गरेको हो ।
गणले सिलगढी व्यारेक, बारुद खाना र सुरक्षा गुल्म पैया भञ्ज्याभित्र विभिन्न जातका तीन सय बोटबिरुवा रोपेको छ । अब असारमा थप विरुवा रोपिने रुद्धध्वज गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले बताए ।
पानीको अभावले पनि अहिले कम विरुवा रोपिएको उनले बताए ।