
काठमाडौं : सरकारी चिकित्सक संघ (गोदान)ले दुई हप्ताका लागि आन्दोलन स्थगित गरेको छ । कर्मचारी समायोजन सूचीको विरोध गरी आन्दोलन गरिरहेको गोदानले सरकारी पक्षले दुई साता समय मागेपछि आन्दोलन स्थगित गर्ने निर्णय गरेको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले बताए ।
सरकारले शनिबार दुई हप्ता आन्दोलन स्थगित गर्न आह्वान गरेपछि आइतबार बसेको बृहत् भेलालेस्थगित गर्ने निर्णय गरेको अध्यक्ष डा पाण्डेले बताए । उनले भने ‘माग पूरा नभए फेरि आन्दोलन गर्नेछौँ।’
शनिबार स्वास्थ्य मन्त्रालयमा सम्पन्न अनौपचारिक छलफलमा सरकारी प्रतिनिधिले दुई साताको समय मागेका थिए ।