
रौतहट : जिल्लास्थित बागमती नदीमा आइतबारबाट परीक्षणका लागि मोटरबोट सञ्चालनमा ल्याएको छ । प्रदेश नम्बर ३ को मकवानपुर र सिन्धुली तथा प्रदेश नम्बर २ को रौतहट र सर्लाही जिल्लाको बीचमा पायक पर्ने गरी मोटरबोट सञ्चालनमा ल्याइएको हो ।
मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद कृष्ण प्रसाद दाहालको संयोजनमा नदीमा मोटरबोट सञ्चालनमा ल्याइएको हो ।
सांसद दाहालको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट २० लाख रुपैयाँ सहयोग प्राप्त भए पछि अहिले मकवानपुरको बागमती गाउँपालिकाका स्थानीय महिलाहरुको उपभोक्ता समिति गठन गरेर मोटरबोट परीक्षणमा ल्याइएको हो ।
जलमार्ग निर्माण भएपछि बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट सञ्चालनमा ल्याइनेछ ।
आइतबारबाट सुरु भएको मोटरबोटमा ११ सिट क्षमता छ ।