बिस्का जात्राको पाँचौ दिन : ५५ हाते लामो लिंगो ढाल्ने जात्रा सम्पन्न



भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचौ दिन आइतबार साँझ ५५ हात लामो यसीँ (लिंगो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको लिंगो आइतबार तान्त्रिक विधि पूर्वक पूजाआजा गरी भेलुखेलस्थित यसींख्योमा ढालिएको हो । 

भैरवनाथको प्रतीक मानिने लिंगोमा बाँधिएको अष्टमात्रिकाको प्रतिक आठवटा डोरी फुकाएर सबैतिर तानातान गरी लिंगो ढाल्ने गरिन्छ । यो जात्रा पछि तलेजुभित्र दुमाजुको विषेश पूजाआजा गरी यसीँख्योमा रहेको भैरव र भद्रकालीको रथलाई गःहिटि र्पुयाइ रथ जुधाउने जात्रा गरिन्छ । 

यो जात्रा हेर्नाले सुख, सम्बृद्धि, सहकाल आउनुका साथै शत्रुहरु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकोले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्