मधेसमा आन्दोलन नभएको वर्ष



काठमाडौंः तराई मधेसमा सधै कुनै नकुनै बहानामा आन्दोलन भइरहन्थ्यो । तर २०७५ साल त्यस्तो आन्दोलन भएन । तराई मधेस केन्द्रित दलहरूले २०६४ देखि प्रत्येक वर्ष, प्रत्येक महिना कुनै न कुनै बहानामा आन्दोलन गरिरहन्थे तर २०७५ सालमा मधेसमा कुनै पनि आन्दोलन भएका पाइएनन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सुरेशकुमार यादवले लेखेका छन् । 

स्वतन्त्र मधेसका लागि आन्दोलन गर्दै आएको तत्कालीन स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत पनि मूलधलधारमा आइसकेपछि अब मधेसमा आन्दोलनको तत्काल कुनै सम्भावना नरहेको सरकारको नेतृत्व गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूको भनाइ छ  ।

नाकाबन्दीसहितको छ महिनासम्म मधेसमा आन्दोलन भएको थियो । तर जब तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली २०७२ मा पहिलो पटक प्रधानमन्त्री भएको केही महिनापछि मधेसवादी दलहरूले आन्दोलन फिर्ता लिएका थिए । मधेसवादी दलले आन्दोलन फिर्ता लिए पनि संविधान संशोधनको माग राख्दै सानातिना विरोध र प्रदर्शनका कार्यक्रम स्थगित गरेका थिएनन् । 

प्रतिक्रिया दिनुहोस्