लिभरपुलसँग हार्‍याे चेल्सी



एजेन्सी :  इङ्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको लिभरपुलले चेल्सीमाथि महत्वपूर्ण जित निकालेको छ। घरेलु मैदानमा लिभरपुलले चेल्सीलाई २–० ले हरायो। योसँगै ३४ खेलमा ८५ अकंसहित लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ। 

उसको जितमा साडियो माने र मोहम्मद सलाहले गोल गरे। उनीहरुले क्रमश ५१ औं र ५३ मिनेटमा गोल गरेका हुन्। जितसँगै लिभरपुलले उपाधि जित्ने सम्भावनालाई बचाइराखेको छ। दोस्रो स्थानको सिटीको ३३ खेलबाट ८३ अंक छ।

म्यानचेस्टर सिटीले आइतबार राति नै क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गरेको थियो। चार मिनेटभित्र २ गोल खाएको चेल्सी भने यो हारपछि पनि ३४ खेलबाट ६६ अंक जोडेर चौथो स्थानमा यथावत् छ। 

प्रतिक्रिया दिनुहोस्